प्रतिभा माविको नेपाली वक्तृत्वकलामा सुरज गुरुङ प्रथम


     एभरेस्ट आवाज    
     वैशाख २६ गते २०८३ मा प्रकाशित




पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा गण्डकी प्रदेशस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । विद्यालयले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामामा पोखरा सहित कास्की आसपासका जिल्लाबाट विभिन्न २५ वटा विद्यालयका विद्यार्थी सहभागि भएको प्रतियोगिता संयोजक सहप्राध्यापक डा पुण्यप्रसाद शर्माले जानकारी दिए । ‘युवा पलायन र यसको प्रभाव’ शीर्षकमा विद्यार्थीले आफ्ना विचार व्यक्त गरेका थिए । विद्यार्थीमा बोल्ने कला, आत्मविश्वास र विचार प्रस्तुत गर्ने क्षमता विकास गर्नका लागि प्रतियोगिता राखेको विद्यालयका प्राचार्य किरण सापकोटाले जानकारी दिए ।

प्रतियोगितामा पोखराको बालमन्दिर माविका सुरज गुरुङ प्रथम भएका थिए । उनले नगद सातहजार रुपैयाँ पुरस्कार पाए । स्याङजाको कालिका माविकी सृष्टिना अर्याल द्वितीय भईन । उनले पाँचहजार रुपैयाँ पुरस्कार पाइन्न । त्यसैगरि पोखराकै अमरसिंह माविकी सुसन्ध्या पौडेल तेश्रो र पर्वतको नारायण माविका सन्तोष पौडेल चौथो भए । तेश्रो र चौथोले क्रमशः तीन र एकहजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको निर्णायकमा डा. बोधराज ढकाल, राधाकृष्ण गैह्रे र कमल कोइराला थिए । विद्यालयका प्राचार्य सापकोटा सहितले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रमाणपत्र प्रदान गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।