पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले बिभिन्न कार्यक्रम गरी ३६ औं बार्षिकोत्सव मनाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन स्थानीय अभिभावकको भुमिका महत्वपूर्ण हुने बताए।उनले सामुदायिक विद्यालयमा नै आफ्ना बालबच्चा भर्न गरेर सहयोग गर्न आग्रह गरे । वडाध्यक्ष पाण्डेले विद्यालयको चौतर्फी विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै, गुणस्तरीय शिक्षा र विद्यार्थी आकर्षणका योजना पेश गर्न सुझाव दिए। पुर्व वडाध्यक्ष शोभा मोहन पौडेलले शिक्षामा गुणस्तर बढाउन शैक्षिक क्रियाकलाप मात्र नभई जीवनोपयोगी अतिरिक्त क्रियाकलाप पनि आवश्यक पर्ने बताए।
बार्षिकोत्सवका अवसरमा बर्ष उत्कृष्ट शिक्षकबाट भेषबहादुर भुजेल र उत्कृष्ट अभिभावकको रुपमा गंगा सुनार र सिङ्गराज तामाङ सम्मानित भए । उनीहरुलाई वडाध्यक्ष पाण्डे, पुर्व वडाध्यक्ष शोभा मोहन पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछानेले मायाको चिनो, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरे । सोही अवसरमा गत शैक्षिक सत्रमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई शैक्षिक, खेलकुद र अतिरिक्त क्रियाकलापको पुरस्कार प्रदान गरिनुका साथै छात्रवृत्ति वितरण गरिएको छ। विद्यालयद्वारा स्थापित बिभिन्न अक्षयकोषमा रामचन्द्र सुनार,तोकमाया पौडेल,बासुदेव पौडेल,सरस्वती भण्डारी,भीमबहादुर सुनार, पण्डित ऋषिराम पौडेल र तुलसी पौडेलले आर्थिक सहयोगहस्तान्तरण गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रअ बासुदेव पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य मनबहादुर सुनार,पण्डित ऋषिराम पौडेल, सरस्वती भण्डारी, शिक्षक रत्नाकुमारी विश्वकर्मा, विद्यार्थी सुदीप पौडेललगायतले विद्यालयका गतिविधीका बारेमा चर्चा गरेका थिए । निमित्त प्रअ नन्दराज दाहालले बार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा लेखा सहायक रमेश आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । मौलिक लोक भजनसहित आयोजना गरिएको कार्यक्रमको संचालन शिक्षक शरदराज सापकोटाले गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि सुरु हुँदैछ । भोलि नै सरकारको…




