पोखरामा ग्याङ फाईट गर्ने युवाहरुलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत मंगलबार पोखरा २ बाग्लुङ बसपार्कमा एक आपसमा झै झगडा गर्ने एक युवतीसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय, बगरबाट खट्टिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो । उनीहरुलाई बाग्लुङ बसपार्क र बाँझापाटनबाट नियन्त्रणमा लिईएको कास्कीका प्रहरी प्रवक्ता हरीबहादुर बस्नेतले जानकारी दिए । पक्राउ पर्नेमा पोखरा १३ बाँझपाटनका सुजन आले मगर,राजेश परियार, गोरखा घर भई बाँझापाटन बस्ने दिपेश भन्ने दिलेराम गुरुङ,बाग्लुङ बसपार्कका सुजन तामाङ,राजकुमार तामाङ र लिजा पुन रहेका छन् ।
ग्याँङ फाईट गरेको भिडियो सामाजिक सञ्जालमा भेट्टिए पछि प्रहरीले अनुसन्धान गरेको थियो । उनीहरु बिच लागु औषध कारोबारका विषयमा झै झगडा भएको थियो । पक्राउ परेका माथि अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि सुरु हुँदैछ । भोलि नै सरकारको…




