पोखरा–७, मासवारस्थित मदरल्यान्ड माविले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगितामा मदरल्यान्डकै टिम उत्कृट बनेको छ ।
विभिन्न विद्यालयका ४७ वटा टिमले प्रतिश्पर्धाका लागि सहभागिता जनाएकोमा मदरल्याण्डका सार्थक अधिकारी, संकल्प पौडेल र सुरज पौडेलको टिम प्रथम भएको हो । म्याथ काउन्सिलले एकमहिना अघि आयोजना गरेको गणित हाजिरीजवाफ प्रतियोगितामा मदरल्यान्डकै यही टिम राष्ट्रियस्तरमै च्याम्पियन बनेको थियो । काउन्सिलले एकमहिना अघि सातै प्रदेशमा प्रतियोगिता आयोजना गरेर अन्तिम प्रतिश्पर्धा काठमाडौंमा गरेको थियो । मदरल्याण्डले आयोजना गरेको प्रदेशस्तरीय प्रतिश्पर्धामा न्यू मोडल बोर्डिङ स्कुलका अनिज पोखरेल र प्रियान्सु अधिकारीको टिम द्वितीय भएको छ । त्यस्तै भास्कर माविका उत्सभ शर्मा र अर्पन कट्टेलको जोडि तृतीय भएको छ । सान्त्वना पुरस्कार पाउनेमा ग्लोबल कलिजियटका आर्या हमाल र प्रनव भट्टराईको टिम बनेको छ ।
यी बाहेक पोखराकै एसओएस बोर्डिङ र गण्डकी बोर्डिङ स्कुल (जिबिएस) ले पनि अन्तिम ६ भित्र प्रतिश्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । दोश्रो हुनेले २० हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र पाएका थिए । मदरल्याण्ड माविका निर्देशक डा. त्रिभुवन शर्मा, विद्यालयका प्राचार्य डा. नारायण बराल, विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्य लगायतले उत्कृष्ट टिमलाई पुरस्कार प्रदान गरेका थिए । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित आयोजित प्रतियोगिता शनिबारदेखि सुरु भएको थियो । विद्यालयले आयोजना गरेको यो चौंथो संस्करण हो ।
विद्यार्थीमा गणित शिक्षाको ज्ञान बढाउँदै परीक्षापछि फुर्सदिला भएका विद्यार्थीलाई पाठ्यक्रममा जोड्नका लागि प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले बताए । विद्यालयका प्राचार्य डा. नारायण बरालले विद्यार्थीको अन्तरनिहीत क्षमता प्रस्ट्याउने मौका विद्यालयले दिएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि सुरु हुँदैछ । भोलि नै सरकारको…




