पुर्व राजा ज्ञानेन्द्रले गरे मनकामना र बक्रेश्वरीको दर्शन


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०८३ मा प्रकाशित




गोरखाका बिभिन्न धार्मिक स्थलको दर्शन गरी पुर्व राजपरिवारका सदस्य पोखरा फर्किएका छन् ।

पूर्व राजपरिवारका सदस्यले गोरखाको मनकामना र बक्रेश्वरीको दर्शन सहित पूजाआजा गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह तथा पूर्व युवराज्ञी हिमानी शाह, छोरी लगायतका राजपरिवारले शनिबार मनकामना र आइतबार बक्रेश्वरीको दर्शन तथा पूजाआजा गरेका हुन् ।

उनीहरु शनिबार बिहान आठबजे मनकामना पुगेर आधाघण्टासम्म पूजाआजा गरेका मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक अञ्जन बस्न्यातले जानकारी दिए । सो दिन उनीहरु मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पामा बसेका थिए । आइतबार बिहान उनीहरुले बक्रेश्वरीको दर्शन गरेका थिए ।

करिब दुई हप्ता अघि पोखरा आएका पुर्वराजा ज्ञानेन्द्रसहितको परिबार अझै केहीदिन पोखरा मै रहने बताईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।