पोखरा नयाँबजारमा “चेतक एक्सपिरियन्स जोन” उद्घाटन र इलेक्ट्रिक चेतक सार्वजनिक हुँदै


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०८३ मा प्रकाशित




पोखरा । विद्युतीय सवारी साधनको भविष्यलाई मध्यनजर गर्दै आज पोखरामा “इलेक्ट्रिक चेतक ३५०१” को सार्वजनिक कार्यक्रम आयोजना गरिने भएको छ। यसै अवसरमा पोखराको नयाँबजारस्थित “चेतक एक्सपिरियन्स जोन” को औपचारिक उद्घाटन पनि गरिने आयोजकले जनाएको छ।

आज (३१ वैशाख) दिउँसो १२:३० बजे इच्छाशक्ति अटोमोबाइल्स, नयाँबजारमा आयोजना हुने कार्यक्रममा विद्युतीय मोबिलिटी क्षेत्रमा नयाँ प्रविधि, आधुनिक डिजाइन तथा “फुल्ली लाइफप्रूफ” विशेषतासहितको चेतक ३५०१ लाई विशेष रूपमा प्रस्तुत गरिने सञ्चालक इच्छामान बुद्धाचार्यले जानकारी दिनुभयो।

कार्यक्रममा व्यवसायी, मोटरप्रेमी, युवा तथा विद्युतीय सवारीप्रति रुचि राख्ने सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार चेतक एक्सपिरियन्स जोनले ग्राहकलाई टेस्ट राइड, प्रविधि अनुभव तथा बिक्रीपछिको सेवासम्बन्धी एकीकृत सुविधा उपलब्ध गराउनेछ।

नेपालमा विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणबीच चेतक ३५०१ को आगमनलाई हरित तथा दिगो यातायाततर्फको अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।