उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले भरिभराउ भएका छन्।
बुधबारदेखि सुरु भएको ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरुको उपस्थितिले लोमान्थाङ बजारका झन्डै तीन दर्जन बढी होटलहरु पर्यटकले भरिभराउ भएका हुन् । तिजी अवलोकन गर्न बुधबार ३०७ जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङस्थित संरक्षण आयोजना एक्यापले जनाएको छ । तिब्बती संस्कृति झल्किने करिब छ सय वर्ष पुरानो तिजी ३५० जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिए ।
यो पर्वका अवसरमा सुखशान्तिको कामना गर्दै बुधबारदेखि बौद्धभिक्षुहरूले पाठपूजा गरिरहेका छन् । साथै स्थानीयले नृत्य पनि प्रस्तुत गर्ने परम्परा छ । तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जनप्रिय मावि सिमलचौरबाट एसईई उत्तीर्ण ९८ जना विद्यार्थीलाई सम्मान गरेको छ ।…






