दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा एथ्लेटिक्सका सिद्धान्त अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक बनेका हुन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा अधिकारीसँगै टेनिसका कुमार अधिकारी र तेक्वान्दोका रेखमाया गुरुङ मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट प्रशिक्षक अधिकारीलाई नगद ३५ हजार साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको छ । उनलाई नेपाल भलिबल संघका सल्लाहकार तथा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्मा, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनार्दन जिसीले अवार्ड, नगद र प्रमाणपत्र अर्पण गरेका थिए । पोखराका ३६ वर्षीय सिद्धान्त अधिकारी समयदेखि खेलकुदमा होमिएका अधिकारीले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा आफूलाई अब्बल सावित गरेका छन् ।
दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा दृष्टिबिहीन क्रिकेट खेलाडी सुस्मा तामाङलाई स्पेसल अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा पारा खेलाडी तामाङलाई उक्त अवार्ड प्रदान गरिएको हो । स्पेशल अवार्ड प्राप्त गर्ने तामाङलाई नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । उनलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा रेबानका अध्यक्ष एवम् टेम्पल बेल बुटिक सेन्टरका सञ्चालक विश्वराज पौडेल, नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष प्रेमनारायण न्यौपानेले अवार्ड, नगद र प्रमाणपत्र अर्पण गरेका थिए । ब्याटमिन्टनकी निभा राई वर्ष उत्कृष्ट उदीयमान खेलाडी घोषित भइन् । राईलाई वर्ष उत्कृष्ट उदीयमान खेलाडीको अवार्ड प्रदान गरिएको हो । वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा राईसँगै एथ्लेटिक्सकी अनुस्का अधिकारी र तेक्वान्दोकका सचिन सुनार परेका थिए । उदीयमान खेलाडी राईलाई नगद ३५ हजार साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । उनलाई पोखरा एभेन्जरका अध्यक्ष सुबोध त्रिपाठी, सहारा क्लब पोखराका अध्यक्ष केशव बराल, प्लाजा होटल ग्रुपका अध्यक्ष युवराज श्रेष्ठ, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र जिसीले अवार्ड, नगद र प्रमाणपत्र अर्पण गरेका थिए ।
कास्की जिल्ला क्रिकेट संघलाई वर्ष उत्कृष्ट खेल संघसंस्थाको अवार्ड प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघलाई उक्त अवार्ड प्रदान गरिएको हो । कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष संजयकान्त सिग्देललाई नगद ३५ हजार साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उनलाई तमु धीँ युकेका ट्रस्टी एवम् सहारा क्लबका मानार्थ सल्लाहकार महेश गुरुङ, फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीका नेपाल प्रमुख कमल खड्का, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले अवार्ड, नगद र प्रमाणपत्र अर्पण गरेका थिए ।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिकाको लेखनाथमा यातायात व्यवस्था कार्यालयको स्थापना गरिएको छ । लेखनाथको पावरहाउसमा…






