दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने बेनी(जोमसोम सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन सङ्ख्या घटेको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँपछि बेनी जोमसोम सडकमार्ग हुँदै पर्यटक मुस्ताङ आउने सङ्ख्या बढेको छ ।
यसवर्ष घटस्थापनादेखि विजया दशमीको दिनसम्म बेनी(जोमसोम सडकमार्गबाट पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । जसमध्ये पुरुष तीन हजार ७३८ र महिला एक हजार ९२५ जना रहेका थिए । प्रहरी निरीक्षक ईश्वर महतका अनुसार घटस्थापनादेखि विजया दशमीसम्मको १० दिनको अवधिमा उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिदा चार हजार ४०९ अर्थात् ७७ दशमलव ८५ प्रतिशत विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । प्राकृतिक विपद्का कारण बेनी(जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको पर्यटन पूर्ण रूपमा प्रभावित बनेकोमा दसैँपछि मुस्ताङमा पर्यटक आगमन सङ्ख्या वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरी निरीक्षक महतका अनुसार दसैँपछि बिहीबार र शुक्रबार गरी दुई दिनमा सात हजार ८४६ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । दसैँ–तिहार बिदामा मुस्ताङमा पर्यटन व्यवसाय चलायमान हुने अपेक्षा गरिएको छ । दसैँ बिदामा विदेशबाट स्वदेश फर्किएका र दसैँ बिदाको अवसर पारेर निजामती कर्मचारी, बैंक तथा वित्तिय संस्थालगायत देशका विभिन्न भागमा मुस्ताङ भ्रमण गर्न पर्यटक मुस्ताङ आउने गर्छन । यसपटक पनि दसैँ(तिहार र छठ पर्वसम्म स्वदेशी तथा विदेशी पर्यटकको उपस्थिति वृद्धि हुनेमा यहाँमा पर्यटन व्यवसायी विश्वस्त रहेका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज ७ नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा…







