कास्कीका पुराना कम्युनिष्ट नेता पौडेलको निधन


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०८३ मा प्रकाशित




कास्कीका पुराना कम्युनिष्ट नेता मिनराज पौडेलको निधन भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १९ पुरञ्चौर निवासी पौडेलको ७९ वर्षको उमेरमा शनिबार दिउँसो आफ्नै निवासमा निधन भएको एमालेका युवा नेता ईमानराज पौडेलले जानकारी दिए ।करिब एक दशक लामो शिक्षण पेशा त्यागेर भुमिगत राजनितिमा लागेका पौडेलले तत्कालिन गण्डकी र धौलागिरी अञ्चलमा नेकपा एमालेको संगठन बिस्तारमा सक्रिय भएका थिए । तत्कालिन समयमा पार्टीको काम गर्दा जेल नेल समेत भोगेका उनले २०४९ सालको स्थानीय निर्वाचनमा पुरञ्चौर गाउँ विकास समितिको उपाध्यक्ष भएर विकास निर्माण र स्थानीय प्रशासनमा समेत सेवा गरेका थिए । नेकपा एमालेको विभाजन पछि तत्कालिन समयमा नेकपा मालेमा सक्रिय भएका पौडेल फेरि एमाले कै राजनितिमा सक्रिय थिए ।

उनी एमाले कास्कीका सदस्य, सचिवालय सदस्य, अञ्चल कमिटी सदस्य र पछिल्लो समय प्रदेश सल्लाहकार सदस्यमा रही राजनितिक सक्रियता देखाएका थिए । भारती भवन विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष समेत भएका पौडेलको आइतबार बिहान ढावस्थित सेती नदी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वर्गीय पौडेलका श्रीमती, २ छोरा र १ छोरी छन् । ३ छोरा मध्ये जेठा छोरा विजयको भने यस अघि नै निधन भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।