सन्देश श्रेष्ठ
पोखरा, जेठ २
कास्की प्रहरीले एकपछि अर्को सफलता हासिल गर्न थालेको छ । पोखराका हरेक वडामा स्वीप अप्रेसन चलाएर एकैदिन ठूलो मात्रामा टोले गुण्डाहरु समात्नेदेखि लागूऔषध कारोबार र प्रयोगकर्ता पक्राउ गरेर सफलता हासिल गरेको कास्की प्रहरीले पछिल्लो पटक एकै दिन २७ फरार प्रतिवादी पक्राउ गरेर अर्को सफलता हासिल गरेको छ । कास्की प्रहरीको सकृयतामा अदालतबाट विभिन्न कसुर सजाय पाएका २० जना पुरुष र ७ महिलालाई एकैदिन पक्राउ गरिएको हो ।
कास्की प्रहरीले पछिल्लो पटक चेक अनादर कसूरमा सजाय पाएका १२ जनालाई पक्राउ गरेको जनाएको छ । त्यस्तै, केही सार्वजनिक अपराध कसूरमा सजाय पाएका ५ जना, अंश मानाचामल सम्बन्धी कसूरका ४ जना, लेनदेन बिगो सम्बन्धी कसूरका २ जना, बैंकिङ कसूरका २ जना, सवारी ज्यान सम्बन्धी कसूरका १ जना र अभद्र व्यवहार सम्बन्धी कसूरका १ जनालाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । उनीहरुबाट ४ वर्ष १५ दिन कैद सजाय भोग्न बाँकी रहेको तथा ४८ लाख एक हजार ८ सय ८० रुपैयाँ जरिवाना असूल उपर गर्न बाँकी रहेको डिएसपी बस्नेतले बताए ।
पक्राउ गरिएकाहरुलाई जिल्ला अदालत कास्कीमा बुझाइएको डिएसपी बस्नेतले जानकारी दिए ।
कास्की प्रहरीले पछिल्लो समय हरेक वडामा टोलेगुण्डा, लागूऔषध कारोबारी र प्रयोगकर्ताहरुबिरुद्ध स्वीप अप्रेसन चलाउँदै आएको छ । हरेक दिनजसो १० घण्टासम्म स्वीप अप्रेसन चलाईने गरेको डिएसपी बस्नेतले बताए । उनका अनुसार पर्यटकलाई दुःख दिने, जुवातास खेल्ने, खेलाउनेबिरुद्ध पनि कास्की प्रहरी निर्मम बन्दै आएको छ । डिएसपी बस्नेतले भने,‘शान्ति सुरक्षा कायम गर्न हरसम्भव प्रयास जारी छ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २ वैशाखतेह्र वर्षअघि पोखराको न्युरोडमा स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)…






