स्याङ्जामा कविहरुको सिर्जना वाचन


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०८३ मा प्रकाशित




स्याङ्जाको चिया घर आइतबार सिर्जनामय बन्न पुग्यो । स्याङ्जासहित आसपासका ठाउँबाट त्यहाँ पुगेका स्रष्टाहरुले बाचन गरेका सिर्जनाले त्यहाँको माहौल नै साहित्यीक बनेको थियो ।

साहित्यीक अभियान अन्र्तगत स्याङ्जाली नारीद्वारा आयोजित, “नियमित भेटघाट तथा सिर्जना वाचन” समारोहमा स्याङ्जाली साहित्यकाशका मुर्धन्य व्यक्तिहरुको सहभागिता समेत रहेको थियो । संस्थाकी अध्यक्ष लक्ष्मी रेग्मी खनालको सहजीकरणमा भएको कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव एवं युवा स्रष्टा मिलन समीर, भेषजराज साहित्य प्रतिष्ठान वालिङ् स्याङ्जाका अध्यक्ष यमकान्त खनाल र सचिव श्यामप्रसाद ढुङ्गाना, जेष्ठ नारी स्रष्टा दमकला बगाले,अग्रज साहित्यकार लेखनाथ काफ्ले, सर्जक कमल प्रसाद बगाले, वसन्त खनाल, ढाल बहादुर केसी, सिर्जना खनाल, सरस्वती काफ्ले, मञ्जु पराजुली, आशिष मिजार लगायतले आफ्ना उत्कृष्ट रचना वाचन गरेर साहित्यीक माहौल बनाएका थिए ।

कार्यक्रममा साहित्यप्रेमी सुर्य प्रसाद खनालले नारी स्रष्टाको यो कर्म स्रहानीय रहेको र निरन्तरतालाई मुख्य केन्द्रबिन्दु बनाउनु पर्ने धारणा राखे । प्रस्तुत कार्यक्रममा गीता ढकाल, रमेश अधिकारी, विश्व पराजुली, देव बुढाथोकी, सुर्याशं काफ्ले र सुलव खनाल लगायतको उपस्थिति रहेको थियोे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।