सरकारले जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व बदर ईद (ईद–उल–अज्हा)को अवसरमा उक्त दिन सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शुक्रबार विज्ञप्ति निकालेर सो जानकारी गराएका हुन् ।जसअनुसार मुस्लिम आयोगले यही जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि मन्त्रालयले सार्वजनिक बिदा दिएको हो ।
यसअघि सरकारले २०८२ चैत १८ मा राजपत्रमा सूचना प्रकाशित गर्दै बकर ईदका अवसरमा बिदा दिने निर्णय गरेको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः किरण के.सी चयन भएका छन् । शुक्रबार…







