कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः किरण के.सी चयन भएका छन् ।
शुक्रबार सम्पन्न भेलाले केसीको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति गठन गरेको हो ।समितिको उपाध्यक्षमा बोध बहादुर कार्की , सदस्यहरुमा भिमसेन थापा जे वी कुवर, प्रेम कार्की , ई.महेश कार्की, विमल बहादुर कार्की , वीर बहादुर बुढाथोकी , बन्दना के सी कार्की, कमल बहादुर वस्नेत, मिन बहादुर गिरी, किरण अधिकारी अधिबक्ता विरन्द्र के सी सर्व सम्मत चयन भएको निर्वाचन समिति संयोजक कृष्ण बहादुर थापाले जानकारी दिए । नवनियुक्त अध्यक्ष के सीले क्याम्पस विधान लगायत रणनितिक योजना वमोजिम क्याम्पसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाइ , विभिन्न स्वदेशी तथा विदेशी संघ सस्थाहरु संग एम ओ यु गरी क्याम्पसमा अध्यन गरेका विद्यार्थीहरुलाई रोजगारीको व्यवस्था मिलाउनुको साथै क्याम्पसमा प्रध्यापनरत शिक्षकहरुलाई अनुसन्धान कार्यमा सहयोग पुर्याउने बताए ।
क्याम्पस प्रमुख प्रा. बिरन्जी गौतमले २०७८ साल देखी हाल सम्मको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सवैको सहयोग र सहकार्यको परिणाम स्वरुप क्याम्पसले थप उचाइ प्राप्त गर्न सकेको र आगामी दिनहरुमा पनि यस प्रकारका सहयोगको अपेक्षा राखेको बताए । अधिवेशनको उद्घाटन कार्यक्रमा बोल्दै कालिका बहुमुखी क्याम्पसका संस्थापक सदस्य डा.चन्द्र बहादुर गुरुङ्गले जुन परिकल्पना गरेर क्याम्पस स्थापना भएको थियो त्यो आज पुरा भएकोमा सन्तोष व्यक्त गरे । पूर्व क्याम्पस प्रमुख बालाकृष्ण शर्मा, रबीन्द्रनाथ बास्तोला , सिनेटर निशा मल्ल ठकुरी , प्रेम प्रकाश गौतमले क्याम्पसको विकासमा थप ईटा थपिने विश्वास व्यक्त गरे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण के सीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा, क्याम्पस सञ्चालक समितिका निर्वतमान अध्यक्ष तथा संरक्षक प्रेम कुमारी के.सी प्रमुख अतिथि रहेका थिए । नवनिर्वाचित सदस्यले बजारले माग गरेका कार्यक्रमहरु संचालन गर्नलाई प्राथमिकतामा राख्दै क्याम्पसलाई यस क्षेत्रको प्रतिष्ठित सामुदायिक क्याम्पस बनाउने प्रतिवद्धता जनाए ।
अधिवेशनमा निर्वाचन समितिका संयोजक पूर्व प्रहरी बरीष्ठ उपरीक्षक कृष्ण बहादुर थापाले निर्वाचन कार्यतालिका बारेमा जानकारी गरे । सञ्चालक समितिका उपाध्यक्ष तथा पोखरा १४का वडा अध्यक्ष बोध बहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सिनेटर माधव बरालले गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः किरण के.सी चयन भएका छन् । शुक्रबार…







