अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले प्रयोग गर्दै आईरहेको भवन पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ ।
नगर विकास समितिको जग्गामा बनेको पक्की भवन शनिबार एक कार्यक्रमका बिच महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमले नगर विकास समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरे । आचार्यलाई भवनको साँचो बुझाएसँगै महासंघले उक्त स्थान खाली गरेको छ। कार्यक्रममा नगर प्रमुख आचार्यले जग्गा उपभोग गरिरहेका संघ, संस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु सहित सरोकारवालाहरु विचको छलफल र सहमतिबाट उपर्युक्त कार्य सफल भएको बताए । उनले आपसी सम्वादबाट प्राप्त विश्वासको जगमा विना बल प्रयोग पनि सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण सम्भव छ भन्ने उदाहरण महासंघले प्रस्तुत गरेको भन्दै खुशी व्यक्त गरे ।
महासंघ गण्डकीका अध्यक्ष गौतमले यस अघिको घोषणा अनुसार आफूहरुले संरचना भत्काएर महानगरको अभियानलाई सहयोग गरेको बताए । उनले अन्य संघ संस्थाले पनि सहयोग गर्ने बताउँदै, यदि संरचना हस्तान्तरणमा आनाकानी गरे ठीक नहुने चेतावनी दिएका छन् ।२०६७ सालमा महासंघ गण्डकीले पोखरा उपत्यका नगर विकास समितिसँगको सहमतिमा ४ रोपनी क्षेत्रफल ओगटेर भवन बनाएको थियो ।भवन निर्माणमा करिव १ करोड ५३ लाख खर्च भएको महासंघले जनाएको छ । नेकपा निकट मजदुर संगठनले भत्काए पनि एमाले र कांग्रेस निकट मजदुर संगठनले बनाएका संरचना यथावत छन् । एमाले निकट नेपाल ट्रेड युनियन महासंघ ९जिफण्ट० कास्की र गण्डकी तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ३÷३ आनामा बनेको छुट्टाछुट्टै भवन छ ।
२०६० सालमा बनेको सो भवनमा दुई कार्यालय रहेका छन् । त्यस्तै, नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कंग्रेसको पनि सुविधा सम्पन्न भवन छ । २०६४ सालमा बनेको सो भवनमा कार्यालय रहेको छ ।यी मजदुर संगठनहरुले पनि त्यहाँ रहेका संरचना हटाउन तयार रहेको बताएका छन् । यसबाहेक सो क्षेत्रमा सामुदायिक प्रहरी सेवा भवन, हिमाली सांस्कृतिक परिवारको कार्यालय भवन, सहारा क्लव पोखरालगायतका संघ,संस्थाहरुको पनि भवन छ ।
जग्गा खाली गर्न दिईएको म्याद शनिबार सकिएसँगै नगर विकास समितिको जग्गामा विभिन्न कार्यालय तथा व्यवसाय संचालन गर्दै आईरहेकाहरुले सामाग्रीको व्यवस्थापन गरी ठाँउ खाली गर्ने क्रम अन्तिम चरणमा पुगेको जनाईएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ ९ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट मजदुर संगठनले दुईतले…







