पोखरा बसपार्क क्षेत्रका सटर कवल हटाउन नगर विकास समितिको १५ दिने अल्टिमेटम


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०८३ मा प्रकाशित




पोखरा उपत्यका नगर विकास समितिले समितिको स्वामित्वमा निर्माण भएका सटर कवल संरचना हटाउन सुचना जारी गरेको छ ।

शनिबार सुचना जारी गदै नगर विकास समितिले पोखरा बसपार्क क्षेत्र,पोखरा घरदेखि सेतीपुलसम्म,पृथ्वी राजमार्गको दक्षिण, एयरपोर्ट देखि उत्तर र पुर्वमा सेती नदीका क्षेत्रमा पसल कवल सहितका सम्पुर्ण संरचना १५ दिनभित्र संरचना हटाउन व्यवसायीलाई निर्देशन दिएको छ ।समितिले संरचना हटाउन अटेर गरेमा आफैले हटाउने र हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थासँग असुल उपर गरिने जनाएको छ ।उसले बसपार्क निर्माण प्रक्रियामा सहजिकरण गरिदिन पनि आग्रह गरेको छ ।

त्यस्तै पोखरा बसपार्क क्षेत्रभित्र जग्गाधनी प्रमाणपुर्जा लिएका व्यक्तिहरुलाई विवरण पेश गर्न ७ दिनको समय दिएको छ । समितिले जग्गाधनीलाई ७ दिनभित्र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी,चालु आवमा सम्पतिकर, भुमिकर तिरेको रसिद र जग्गासँग सम्बिन्धित प्रमाण पुग्ने कागजात पेश गर्न भनेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।