नेसनल प्याव्सन कास्कीले प्रश्नपत्र निर्माण र निरन्तर मूल्याङ्कन सम्बन्धी शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबारको बिदालाई सिर्जनशील बनाउने अभिप्रायले पोखरा २७ रिठेपानी स्थित लिटल फ्लावर स्कुलमा आयोजना गरिएको कार्यक्रममा बिभिन्न विद्यालयका करीव २०० शिक्षकहरुको सहभागिता रहेको अध्यक्ष रोशन कोईरालाले जानकारी दिए । २ चरणमा गरिएको अभिमुखीकरण कार्यक्रममा सहजकर्ता पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले सिकाई प्रकृयालाई प्रभावकारी बनाउन प्रश्नपत्र निर्माणमा शिक्षकहरुले ज्ञान ,बोध र उच्च दक्षता जस्ता कुरामा ध्यान दिन आग्रह गरे ।
यस्तै निरन्तर मूल्याङ्कन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहजकर्ता प्रेमनारायण पोखरेलले कक्षा १ देखि ५ सम्म कसरी निरन्तर मूल्याङ्कन गर्ने भन्ने वारेमा सहजीकरण गरे । केन्द्रीय सह कोषाध्यक्ष शिवदत्त तिवारी,केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट , गण्डकी प्रदेश उपाध्यक्ष चेतनाथ भण्डारी लगायतले शुभकामना दिएका थिए भने सहभागीहरुले आआफ्ना भनाई राखेका थिए ।
नेसनल प्याव्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपाध्यक्ष विकल पौडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ नजिक र विश्वासिलो बनाउने उद्देश्यसहित…







