पोखरामा आयोजना भएको दोस्रो गण्डकी लोकताराको उपाधि स्याङ्जाकी बत्तीकुमारी थापाले जितेकी छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा थापा विजयी भएकी हुन् । उनले उपाधिसँगै नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएकी छन् । थापाले गीत निशुल्क रेकर्डिङ गर्ने अवसरसमेत पाएकी छन् । अन्तिम प्रतिस्पर्धामा कास्कीका समिर पुन, पर्वतका शोभा परियार,बागलुङका ललिता घर्ती मगर, म्याग्दीका शक्ति छिनाल, तनहुँका मन्दिरा थापा मगर, गोरखाका निश्चल गुरुङ, लमजुङका युगेश परियार, स्याङ्जाकी बत्तीकुमारी थापा, नवलपुरका गणेश विक, मुस्ताङका सबिता छिनाल र मनाङका ममता तामाङ पुगेका थिए ।
निर्णायक मण्डलमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष एवं लोकदोहोरी गायिका रीता थापा मगर, वरिष्ठ गायक तथा संगीतकार सुरेश अधिकारी र लोकदोहोरी गायकद्वय राजु परियार र पशुपति शर्मा रहेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजना भएको दोस्रो गण्डकी लोकताराको उपाधि स्याङ्जाकी बत्तीकुमारी थापाले जितेकी छन्…







