असिना पानीले पोखरामा मकै, फलफूल तथा तरकारी बालीमा क्षति


     एभरेस्ट आवाज    
     जेठ १२ गते २०८३ मा प्रकाशित




सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफूल तथा तरकारी बालीमा क्षति पुगेको छ ।

हावाहुरीसहितको असिना पानीका कारण महानगर क्षेत्रका वडा नं १३, २२, २३, २४, २८, ३१, ३२, ३३ लगायतका वडामा लगाइएको मकैसहित फलफूल तथा तरकारी बारीमा क्षति पुगेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । कृषि प्राविधिक एवम् वडास्तरीय कृषि सञ्जालबाट क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ । वडा नं १३ मा लगाइएको करिब २०० रोपनी क्षेत्रफलको तरबुजालाई असिनाले क्षति पुु¥याएको छ ।

त्यहाँको मणिदिप कृषि फार्मलगायतका बिभिन्न किसानले उत्पादन गरेको तरबुजा खेतीमा असर परेको बताईएको छ । सुरौदी खोलामा पानीको बहाव बढेपछि महानगरको ३३ नं वडाको सुरौदी तिखेढुुङ्गा क्षेत्रमा पुल नहुँदा ३५ रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको तरबुजा बजारमा ल्याउन मुस्किल भएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।