पोखरा । पोखरा बहुमुखी क्याम्पस ले यही जेठ १५ र १६ गते (मे २९–३०, २०२६) “Emerging Trends in Management and Social Science (PMCNC-2026)” शीर्षक राष्ट्रिय अनुसन्धान सम्मेलन आयोजना गर्ने भएको छ ।
व्यवस्थापन तथा सामाजिक विज्ञानका समसामयिक विषयमा केन्द्रित उक्त सम्मेलन विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोग तथा पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, सिनावत्रा विश्वविद्यालय र मुक्त फाउण्डेसन नेपाल को सहकार्यमा सम्पन्न हुने कार्यक्रम संयोजक सह प्रा भिमप्रसाद न्यौपाने ले जानकारी दिए ।
सम्मेलनमा तीन राष्ट्रका सात विश्वविद्यालय तथा २१ क्याम्पसका ७८ जना अनुसन्धानकर्ताले ५४ वटा अनुसन्धान पत्र प्रस्तुत गर्नेछन् । सम्मेलनअन्तर्गत उद्घाटन सत्र, Keynote Session, Panel Discussion तथा ६ वटा Technical Session सञ्चालन हुने क्याम्पस प्रमुख सह-प्रा. शिशुकला पराजुलीले बताइन्।
सम्मेलनमा इन्द्रप्रसाद तिवारी, महानन्द चालिसे तथा थानकोर्न थानाथानचुचोट को विशेष उपस्थिति रहने आयोजकले जनाएको छ । त्यस्तै Panel Discussion Session मा लेखनाथ भट्टराई, विश्वशंकर पालिखे तथा हरि बुढाथोकी सहभागी हुनेछन् । सम्मेलनमा हरित व्यवस्थापन, डिजिटल बैंकिङ, दिगो वित्त, मानव संसाधन व्यवस्थापन, स्थानीय शासन, सामाजिक तथा सांस्कृतिक रूपान्तरण, सार्वजनिक नीति तथा वातावरणीय न्यायजस्ता विषयमा शैक्षिक बहस, अनुसन्धान आदान–प्रदान तथा नीति संवाद हुने जनाइएको छ । विश्वविद्यालय, समुदाय र उद्योगबीच सहकार्य अभिवृद्धि गर्दै अनुसन्धान संस्कृतिको विकासमा सम्मेलनले महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले गरेको छ ।
सम्मेलनका संयोजक सह-प्रा. न्यौपानेका अनुसार सम्मेलनलाई सफल बनाउन सञ्चारमाध्यम, स्थानीय सरकार, शैक्षिक संस्था, उद्योग व्यवसाय क्षेत्र तथा सरोकारवालाको सहयोग अपेक्षा गरिएको छ ।
क्याम्पस प्रमुख सह-प्रा. पराजुली ले सम्मेलनले सामुदायिक क्याम्पसको शैक्षिक पहिचान सुदृढ गर्न सहयोग पुग्ने बताउनुभयो ।
आरएमसि कोअर्डिनेटर दिपक घिमिरेको स्वागत, प्रचार संयोजक उप प्रा भानु पराजुलीको सञ्चालन र क्याम्पस व्यवश्थापन समितिका अध्यक्ष शंकर गुरुङको अध्यक्षतामा पत्रकार सम्मेलन कार्यक्रम भएको थियो । पूर्व अध्यक्षहरू नरेन्द्रमान लालचन, शंकर देवकोटा तथा दिलबहादुर क्षेत्री, पूर्व सहायक क्याम्पस प्रमुख एवं क्युएए प्रमुख सह प्रा महेन्द्र रिमाल लगायतले क्याम्पसको ऐतिहासिक बिकास क्रम, क्याम्पसको वर्तमान अवश्था, जग्गा प्राप्ति, भवन निर्माणका दु:खसुख, शैक्षिक गुणस्तरियता बारे मन्तव्य राखेका थिए ।
वि.सं. २०४४ सालमा पुरानो टुँडिखेलबाट शैक्षिक यात्रा सुरु गरेको क्याम्पसले संस्थागत विकासका विभिन्न चरण पार गर्दै २०७९ सालमा आफ्नै भवनमा स्थानान्तरण भएको थियो । शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान संस्कृतिको प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका निरन्तर प्रयासस्वरूप क्याम्पसले २०८२ सालमा विश्वविद्यालय अनुदान आयोगबाट QAA प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ १३ पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका अवैध संरचनामध्ये बुधबारसम्म…







