पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित सार्वजनिक जग्गामा बनेका संरचना हटाउन थालेको छ ।
पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन र विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने काम सुरु गरिएको हो ।आज बिहान देखि सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको छ । ट्रेड युनियन संगठन र बिभिन्न संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडामा लगाउँदै आइरहेका थिए । नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघले भने यसअघि नै अस्थायी संरचना भत्काएर स्थायी संरचनाको चाबी हस्तान्तरण गरेको थियो । हङकङ बजारको अगाडि आज डोजर लगाइएको संरचनाका व्यवासायीले रातिसम्ममा सामान उठाएर उक्त ठाउँ खाली गरेका थिए । यो ठाउँमा सहाराले सञ्चालन गरेको सार्वजनिक शौचालयसमेत भत्काउन शुरु गरिएको छ । यहाँका संरचना हटाएर नयाँबजारतर्फ आउने दुईतर्फी सडक चौडा गराइने मेयर धनराज आचार्यले बताएका छन् ।
उनले सो क्षेत्रमा रहेका सुकुम्बासीको पनि उचित व्यवस्थापन गरी खाली गराईने जनाएका छन् ।यसैबिच महानगरले केही व्यक्ति संस्थाले फिर्के खोलाघरभित्रका संरचनाहरू नभत्काउन,रोक्न,स्थगन गर्न दिएको निर्देशनमा ध्यानाकर्षण भएको जनाएको छ । मेयर आचार्यले महानगरपालिकाले सम्मानित उच्च अदालतको यसअघिको आदेश र पटक पटक संरचना आफै हटाउन दिइएका सूचनाहरूको समय व्यतीत भइसकेपछि मात्र खोलाघरमा बनेका संरचनाहरू हटाउन सुरुवात गरेको स्पष्ट पारेका छन् ।उनले कुनै पनि वाहानामा खोलाघर माथि बनेका संरचनाहरू बाँकी नरहने बताए ।

उनले भने, ‘कोही कसैले आफै हटाउने सर्तमा केही समय माग गरेपछि महानगरपालिकाले त्यसमा सहजीकरण मात्र गर्न खोजेको हो । त्यो समय संरचना हटाउनुको सट्टा वाहानाबाजी गर्न खोजियो भने पनि महानगरपालिकाको अभियान रोकिने छैन ।’ खोला, खोला नै हो, खोला नै रहने छ । कुनै कन्फ्युजन छैन, उनले भनेका छन् ।पोखरा महानगरले खोलाघर क्लियर गर्ने अभियान आइतबारदेखि निरन्तर चलाइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


निर्वाचन व्यवस्थापनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन सबै पक्षको भूमिका आवश्यक…







