पोखराको वडा नं. १६ मा रहेको अमरदीप जेष्ठ नागरिक दिवा सेवा समितिको अध्यक्षमा डम्बरबहादुर थापा चयन भएका छन् ।
समितिको सम्पन्न दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनले थापाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको समितिका मनोनित गुरु प्रकाश भट्टराईले जानकारी दिए । समितिको उपाध्यक्षमा हिरा थापा,सचिवमा खडानन्द आचार्य,कोषाध्यक्षमा नारायण प्रसाद बास्तोला, सहसचिवमा जयन्ति तिवारी र सह कोषाध्यक्षमा गिरीधारी ढुङ्गाना छन् । त्यस्तै सदस्यमा मुना शाही,चरित्र थापा, हरिमाया आचार्य, हरिश्चन्द्र गौतम र तुलमाया छन्त्याल रहेका छन् । समितिलाई नियमित संचालन तथा आवश्यक परामर्श दिन होमनाथ पौडेल, नारायणप्रसाद आचार्य, नौमाया गुरुङ,धर्मराज थापा र राजेन्द्र आचार्यलाई सल्लाहकार तोकिएको समितिले जनाएको छ ।
यसअघि अधिवेशनको उद्घाटनका अवसरमा बिभिन्न वक्ताले जेष्ठ नागरिकको सम्मानले मात्र समाजमा नैतिक सदाचार फैलिने बताएका थिए । समितिमा त्यस क्षेत्रका जेष्ठ नागरिक आवद्ध छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा भएको छ । शुक्रबारको गृहमन्त्रीस्तरीय…







