रक्तिम साँस्कृतिक अभियानले पोखरामा ‘रक्तिम साँझ २०८३’ को आयोजना गर्ने भएको छ ।
‘राष्ट्रियताको रक्षा, रक्तिमको सदिच्छा’ भन्ने नाराका साथ संचालन भएको अभियानले यही जेठ २५ गते पोखरा सभागृहमा विशेष साँझको आयोजना गर्न लागेको राष्ट्रिय जनमोर्चा, निकट युवक संघका केन्द्रिय अध्यक्ष गणेश अधिकारीले जानकारी दिए । राष्ट्रिय जनमोर्चा, कास्कीको आयोजनामा हुने विशेष अभियान अन्र्तगतको कार्यक्रम दिउँसो १ बजेबाट शुरु भई करिब २ घण्टा संचालन हुने अधिकारीले बताए । विगत ४२ बर्ष देखि प्रगतिशिल आन्दोलनको नेतृत्व गरेको अभियानले युग नृत्य, गिती नाटक सहित रक्तिमका केन्द्रिय कलाकारको विशेष प्रस्तुति रहने बताएको छ ।
अभियानले यसअघि पोखरामा ठुली गिती नाटक, कुर्चीको खेल, जवाफ, कालो हतियार जस्ता प्रगतिशील नाटक प्रदर्शन गरिसकेको छ । राष्ट्रियता नै संकटमा परेका बेला जागरण स्वरुप अभियानलाई तिब्रता दिईएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा भएको छ । शुक्रबारको गृहमन्त्रीस्तरीय…







