माउन्ट अन्नपूर्णमा मनाईयो वातावरण दिवस


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०८३ मा प्रकाशित




पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविले विश्व वातावरण दिवसको अबसर पारेर सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

बिद्यालयले विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी विद्यालय वरिपरिका साथै बिन्दाबासिनी बसपार्क, पोखरा बाग्लुङ राजमार्ग, अर्चलबोट,भैरवटोल नदिपुर लगाएत क्षेत्रमा सरसफाई गरेको हो । वातावरण संरक्षण र सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा पोखरा महानगरपालिका वडा २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले स्वच्छ वातावरण निर्माणका लागि विद्यालयस्तरबाट सञ्चालन हुने यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले वातावरण संरक्षण केवल एक दिनको अभियानमा सीमित नरही दैनिक जीवनशैलीको हिस्सा बन्नुपर्ने उल्लेख गर्दै माउन्ट अन्नपूर्ण बिद्यालयले संयोजन गरेको कार्यक्रमले समाजमा सकरात्मक सन्देश दिने बताए ।

विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले विश्व वातावरण दिवसले वातावरण संरक्षणप्रति सबैलाई जिम्मेवार बन्न प्रेरित गर्ने बताए । उनले विद्यालयले विद्यार्थीमा वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गरे । बिद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले वातावरण संरक्षणका लागि व्यवहारिक अभ्यास आवश्यक रहेको बताए । उनले विद्यार्थीलाई सानैदेखि सरसफाइ र वातावरणीय सचेतनासम्बन्धी गतिविधिमा सहभागी गराउँदा सकारात्मक संस्कारको विकास हुने धारणा राखे ।

यसै बिच बिद्यालयले उक्त दिवसको अबसर पारेर निवध लेखन प्रतियोगिता र बिद्यालय परिसरमा बृक्षरोपण कार्यक्रम समेत सम्पन्न गरेको अतिरिक्त क्रियाकलाप संयोजक उमेश खनालले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।