सहकारी ठगी गरी फरार रहेका नेपालगंजका जितेन्द्र थापा पोखरामा पक्राउ परेका छन् ।
ईन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका थापालाई जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खट्टिएको प्रहरी टोलीले मंगलबार पोखरा ८ सिर्जनाचोकबाट पक्राउ गरेको हो । बाँकेको नेपालगंज उप महानगरपालिका वडा नं. १ बस्ने थापा विरुद्ध बाँके जिल्ला अदालतमा ठगी कसुरमा मुद्धा चलेको प्रहरीले जनाएको छ । पक्राउ परेका थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनीमाथि बाँके जिल्ला अदालतबाट ठगी कसूरमा पक्राउ पुर्जी जारी भएको बताईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गतेको संसद्…







