वर्तमान सरकारले ल्याएको विज्ञापन नीतिको विरोध गर्दै नेपाल पत्रकार महासंघ, कास्की शाखाले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
सुचना तथा विज्ञापन सम्वन्धि विभेदकारी निर्णय खारेजको माग गर्दै पोखराका पत्रकारले कास्की प्रशासन अगाडी एक घण्टा धर्ना दिएका हुन् । विहान ११ देखि मध्यान्ह १२ बजेसम्म महासंघ कास्कीको अगुवाईमा भर्ना दिईएको कास्की शाखाका अध्यक्ष माधव बरालले जानकारी दिए । उनले सरकारले निर्णय नसच्चाएसम्म आन्दोलन जारी रहने बताएका छन् ।केन्द्रको सर्कुलर अनुसार शुक्रबार पनि बिहान १० वजे देखि ११ बजेसम्म धर्नालाई निरन्तरता दिने बताईएको छ । महासंघका केन्द्रिय सदस्य केवी रानाले सरकारले विभेदकारी निति ल्याएर निजि सञ्चारमाध्यमलाई नियन्त्रणको प्रयास गरेको बताए ।
कार्यक्रममा सहभागी पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, नागरिकको सूचनाको अधिकार सुनिश्चितता तथा सञ्चारमाध्यममैत्री नीतिको माग गरेका थिए ।उनीहरुले ‘प्रेस विरोधी निर्णय फिर्ता गर, स्वतन्त्र पत्रकारिताको घाँटी निमोठ्न पाईदैन, प्रेस स्वतन्त्रता विनाको लोकतन्त्र धोका हो, संचारकर्मिको पेशागत सुरक्षा कायम गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा दुबई उडानका लागि टिकट बुकिङ खुलेको छ। पोखराबाट सिधैं मध्यपूर्वको गन्तव्यसम्म…







