पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरूसहभागि प्रतियोगितामा विद्यार्थीहरूले अंग्रेजी शब्दहरूको सही हिज्जे गरेर आफ्नो क्षमता प्रस्तुत गरेका थिए । प्रतियोगितामा पहेँलो सदनबाट कक्षा ३ का छात्र सुगम पौडेल, कक्षा ४ की साजिया क्षेत्री र कक्षा २ का आयान्स मगर र कक्षा ५ का सौगात हमाल प्रथम भएका छन् । त्यस्तै रातो सदनबाट कक्षा २ की छात्रा सनम बराली, कक्षा ३ का छात्र बिटन्जोन मल्ल, कक्षा ४ की छात्रा बिपासा मल्ल र कक्षा ५ की छात्रा सनया बुद्धाचार्य द्वितीय भए ।विजयी विद्यार्थीलाई विद्यालयका प्रिन्सिपल कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा बोल्दैं उनले विद्यार्थीहरुमा अङ्ग्रेजी भाषाको थप विकास गर्न यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
कार्यक्रममा हिज्जेकर्ता अङ्ग्रेजी शिक्षिका सिर्जना आचार्य, समय व्यवस्थापन शिक्षिका अनिता थापा र नम्बर स्कोररमा शिक्षिका मनशोभा पुन रहेका थिए । कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गरेको विद्यालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मासबारस्थित स्टेप वाई स्टेप मा. विमा अन्तरसदनात्मक अङ्गे्रजी हिज्जे प्रतियोगिता सम्पन्न…







