स्टेप वाई स्टेप मा.वि.मा अङ्गे्जी हिज्जे प्रतियोगिता सम्पन्न


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०८३ मा प्रकाशित




पोखरा, मासबारस्थित स्टेप वाई स्टेप मा. विमा अन्तरसदनात्मक अङ्गे्रजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्ययार्थीहरूबीच भएको प्रतियोगितामा चार विभिन्न सदनका १२ टिमका ६० जना विद्ययार्थीहरूले भाग लिएका थिए ।प्रतियोगितामा न्युटन सदनका आरोग्या श्रेष्ठ, विहान्सा शर्मा, अनुज बराल, रिदम नेपाली, एन्जल तामाङ् र क्रितेश पौडेलको समूह प्रथम हुन सफल भएको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले उक्त प्रतियोगितामा मन्तव्य राख्दै कामको सुरुवात सहि तरिकाले सुरु भएमा पूर्ण हुने हुँदा यस्ता अतिरिक्त क्रियाकलाप विद्यार्थीका लागि महत्वपूर्ण हुने बताए । साथै हिज्जे जस्ता कार्यक्रमले विद्ययार्थीहरूको भाषिक शुद्धाता र शब्दभण्डारको अभिवृद्धि गर्नमा फलदायी हुने उनको भनाई थियो ।

विद्यालयका सह प्राचार्य दीपक गिरीले विद्ययार्थीहरूले यस्ता कार्यक्रमहरुमा सहभागिता जनाइ आपूmमा आत्मविश्वास र सक्रियता बढाउन आह्वान गरे । उक्त प्रतियोगितात्मक कार्यक्रममा विद्ययालयका शिक्षकहरु गोमा पोखरेल, बिकल बराल र नबिन ढकालको सहभागीता रहेको साथै शिक्षक पारस राज पाण्डेले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको संयोजन अङ्ग्रेजी विभाग प्रमुख रुपेश पौडेलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।