पोखरा, जेठ २९
पोखरा–३ नदीपुरमा रहेको प्रतिभा माविमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न भएको छ । शिक्षक र अभिभावकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विद्यालयले कक्षा १ का विद्यार्थी र अभिभावकसहित ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको हो ।

विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षसहितको सहभागितामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीको समग्र विकासका लागि विद्यालय र अभिभावकबीच नियमित संवाद हुनुपर्ने बताए । त्यसका लागि विद्यालयको तर्फबाट प्रयास भएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबघता जनाए । ‘कार्यक्रमले आपसी सहकार्यलाई थप मजबुत बनाउने विश्वास छ’–उनले भने ।
कार्यक्रममा विद्यालयले शैक्षिक गतिविधि, आगामी योजना तथा विद्यार्थीको सिकाईबारे विद्यालयकी मन्टेश्वरी कोअर्डिनेटर निर्मला सुवेदीले जानकारी गराएकी थिईन् । उनले विद्यालयका शिक्षक÷शिक्षिकासँगै अभिभावकको पनि सहयोग भएमा विद्यार्थीको समग्र विकास हुने बताईन् ।
कार्यक्रममा विद्यार्थी र शिक्षिकाहरुले शैक्षिक गुणस्तर, सिकाई र उपलब्धीबारे सचेतनामूलक गतिविधि, प्रहसनलगायत प्रस्तुती राखेका थिए ।
सहभागीहरू अभिभावकहरुले यस्ता कार्यक्रमले विद्यालयसँग अपनत्व बढाउने र बालबालिकाको प्रगति बुझ्न सहज हुने बताएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा ‘दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल…







