बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजनामा पोखरा २८ कालिकास्थित त्रिलोकेश्वर शिव मन्दिर परिसरमा बृक्षारोपण गरिएको छ ।
बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजना तथा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिको समन्वयमा मन्दिर पसिरमा बर, पिपल, सुमि, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस, अमला, नारेश्वर, विभिन्न फलफुल तथा फुलहरूका विरूवाहरु रोपिएको थियो । कार्यक्रमको शुभारम्भ गर्दे पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले बुद्व विशाल बजार व्यापारिक एशोसियसन सामाजिक कार्यमा निकै सक्रिय रहेको र एशोसियसनको समाज प्रति ठुलो योगदान रहेको बताए । लामिछानेले मन्दिर परिसरमा बृक्षारोपण गर्नाले मन्दिरको सौन्दर्यतालाई झनै थप उजागर गर्ने बताउदै एशोसियसनसँग पोखरा २८ ले सहकार्य गरेर आगामी दिनहरुमा विभिन्न कार्यक्रम गर्न सकिने बताए ।
कार्यक्रममा बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले एशोसियसनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पनि विविध कार्यक्रम गर्दै आएको बताउदै मन्दिरमा रोपिएका विरुवाहरुको संरक्षणको लागी एशोसियसनको तर्फबाट सक्दो सयोग रहने बताए । बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्धि वहादुर कुँवरले एशोसियसनको वार्षिक कार्यक्रम अन्तरगत संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दे पर्यावरण अन्तरगत यस वृक्षारोपण कार्यक्रम गरिएको बताउदै पोखरा २८ वासीलाई बुद्ध विशाल बजारमा आएर किनमेल गर्न समेत आग्रह गरे ।
कार्यक्रममा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिका सल्लाहकार राधिका पौडेल गाँउ सुधार समुहका कोषाध्यक्ष तथा बुद्धिजिवी माधव प्रसाद पौडेल लगाएतले बोलेका थिए । बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्धि वहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा एशोसियसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए भने एशोसियसनका महासचिव थमन सिह गुरुङले कार्यक्रम सन्चालन गरेका थिए ।
कार्यक्रममा एशोसियसनद्धारा मन्दिर समितिलाई दुई थान डस्टविन हस्तान्तरण गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित…






