टेम्पल ट्रि रिसोर्ट एण्ड स्पालाई अति उत्तमको स्तरिकरण


     एभरेस्ट आवाज    
     असार २ गते २०८३ मा प्रकाशित




पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पालाई खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयले स्तरिकरण गरेको छ ।

कार्यालयले ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने नारा सहित स्थलगत अनुगमन गरी मूल्याङ्कन गरेको हो । होटल, रेष्टुरेण्ट, चमेना गृह तथा क्याटरिङ व्यवसाय स्तरिकरण कार्यविधी अनुसार गरिएको मूल्याङ्कनमा टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले १०० अंक मध्ये ९२ अंक प्राप्त गर्दै ३ तारा (थ्री स्टार) अंकित ‘अति उत्तम’ श्रेणीको हरियो स्टिकर तथा प्रमाणपत्र प्राप्त गरेको हो । खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयले लेकसाइडका अन्य होटल तथा रेष्टुरेन्टहरूलाई कार्यक्रमको आयोजन गरि स्तरीकरण प्रमाणपत्र तथा लोगो वितरण गरेको छ ।

स्तरिकरणमा पानीको भण्डारण, पानीको परिक्षण कागजात, कर्मचारीको प्रशिक्षण तथा मेडिकल प्रमाणपत्र, फ्रिज, भान्साको तापक्रम, खाद्य पदार्थको भण्डारण, उपकरणहरूको सरसफाई,बाह्य वातावरणको सरसफाई लगायत विषयहरूमा अनुसन्धान गरिएको टेम्पल ट्रि रिसोर्टका एडमिन एण्ड एचआर रामकृष्ण कँडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।