बाल क्लवको वक्तृत्वकलामा प्रनिसा लम्साल प्रथम


     एभरेस्ट आवाज    
     असार ३ गते २०८३ मा प्रकाशित




विन्ध्यवासिनी बाल क्लवले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रनिसा लम्साल प्रथम भएकी छन् ।

पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा प्रमिसा मानन्धर द्वितीय, सोमप्रसाद थारु तृतीय र सुमि गुरुङले सान्त्वना स्थान प्राप्त गरेका छन् । विद्यालयमा गठित बाल क्लवले सामाजिक सञ्जालको दुरुपयोग विषयमा आयोजना गरेको कार्यक्रममा १८ जना छात्र, छात्राले सहभागिता जनाएको सामाजिक विषय विभागका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।विजयी विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य शिवराज देवकोटा,रोहन थापा, विमला अधिकारी र सम्झना थापाले पुरस्कार वितरण गरे ।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक आचार्यले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बताउँदै, यसबाट जोगिन र सही सदुपयोग गर्न सुझाव दिए । बाल क्लवका अध्यक्ष रिदम थापाको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक शिक्षिका तारा अधिकारीले सहभागि विद्यार्थीले आफ्ना विचार, भावना र ज्ञानलाई प्रभावकारी रुपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरिन् ।

प्रतिस्पर्धी विद्यार्थीको मुल्याङ्कन शिक्षिका तुलसी पौडेल र भ्वाईस अफ चिल्ड्रेनका संयोजक अप्सरा गुरुङले गरेकी थिईन् ।कार्यक्रमको संचालन क्लवका सचिव एञ्जिला भट्टराईले गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।