पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयको व्यवस्थापन समितको अध्यक्षमा मनबहादुर तामाङ चुनिएका छन् ।
बिहीबार भएको अभिभावकको भेलाले शिक्षा नियमावली २०८३ अन्र्तगत केही नेपाल संशोधन ऐनले व्यवस्था गरे बमोजिम अभिभावकहरु मध्यवाट तामाङलाई अध्यक्ष चयन गरिएको विद्यालयका प्रधानाध्यापक रुद्र बहादुर कार्कीले जानकारी दिए ।चयन भएका अन्य सदस्यमा जुना परियार, समसेर नेपाली र पवित्रा दमै छन् ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मीको संयोजकत्वमा भएको भेलामा , वडा नं ९ का जनप्रतिनिधी नन्दराम गिरी, प्रधानाध्यापक रुद्र बहादुर कार्की,पूर्व प्र.अ. लोचना अधिकारीले वोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर…







