पोखराको चाउथेस्थित प्रगतिटोलमा आयोजित रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ ।
प्रगति नमूना बचत तथा ऋण सहकारी संस्था र प्रगतिटोल नमूना आमा समुहको सयुक्त आयोजनामा आयोजित कार्यक्रमको उद्घाटन पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले गरेका थिए । उनले पहिलो रक्तदाता राजकुमार रानालाई व्लड व्याग हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष कार्कीले मानव जीवनको अमुल्य काम नै रक्तदान भएको बताए । उनले पोखरामा रगत अभाव भईरहेकै बेला, कार्यक्रम आयोजना गरेकोमा संस्थाको प्रशंसा गरे । प्रगतिटोल नमूना आमा समूहकी अध्यक्ष शर्मिला श्रेष्ठले रक्तदान नै जीवनदान भएको बताउँदै, सहभागि रक्तदातालाई धन्यवाद ज्ञापन गरिन् ।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहकारी संस्थाका अध्यक्ष मनबहादुर भुजेलले गरेका थिए । कार्यक्रममा प्रादेशिक रक्त संचार केन्द्र, पोखराले प्राविधिक सहयोग गरेको थियो । उक्त कार्यक्रममा प्रगतिटोलका स्थानीय बासिन्दाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा पोखरामा ५ किमि दौड प्रतियोगिता आयोजना भएको छ…







