बागलुङको ढोरपाटन नगरपालिका–५ भएर बग्ने भुजीखोलामा निर्माणाधीन पुल निर्माण पूरा नहुँदै जीर्ण भएको छ ।
दश वर्ष अगाडि निर्माण सुरु भएको पुलका सबै पिलर खियाले खाइसकेको छ । पुलमा लगानी भएको रु दुई करोड माटोमा मिलेको ढोरपाटन–५ का शिवराज कँडेल गुनासो गरे । सडक डिभिजन कार्यालयले पनि निर्माण कम्पनीले निर्धारित समयमा निर्माण नगरेपछि ठेक्का रद्द गरेको छ ।
कार्यालय प्रमुख हरिप्रसाद सुवेदीका अनुसार नयाँ ठेक्का र ‘डिजाइन’ परिवर्तनको ‘फाइल’ स्वीकृतिका निम्ति सङ्घीय सडक विभागमा पठाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






