शिशिर उजाड
पोखरा
११ औ संस्करणको जिसिईएस आई टि एक्स्पो पोखराको लामाचौरमा सुरु भएको छ ।
गण्डकी कलेज अफ इन्जिनियरिङ्ग एन्ड साइन्सको आयोजनामा शुक्रबारसम्म संचालन हुने एक्स्पोको पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विष्णुप्रसाद तिवारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै तिवारीले सुचना र प्रविधिको विकाससँगसँगै यसको प्रयोगमा समेत नागरिक सचेत हुनुपर्नेमा जोड दिए । उनले यस्ता एक्स्पोले सुचना र प्रविधिको क्षेत्रमा विकसित पछिल्ला स्वरुपको जानकारी दिने बताउँदै, यसको अध्ययन र अवलोकन गर्न आवश्यक रहेको बताए । उपकुलपति पौडेलले गण्डकी कलेजका विद्यार्थी सुचना र प्रविधिको क्षेत्रमा अब्बल रहेको भन्दै प्रशंसा गरे । कार्यक्रममा गण्डकी बोर्डिङ् स्कुल एवं कलेजका पुर्व प्राचार्य रविप्रसाद बरालले कलेजले यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरे।उनले यसले प्रविधिका क्षेत्रमा विद्यार्थीले गरेको मेहनतलाई उजागर गरेको बताए ।
पोखरा इन्जिनियरिङ्ग कलेजका प्रमुख सोम गुरुङले यस्ता कार्यक्रमलाई प्रर्वद्धन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । कलेजका प्राचार्य डा.विश्वयुधिर पौडेल घर्तीले गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर लागिपरेको बताए। कार्यक्रम संयोजक ई.रञ्जन अधिकारीले सफ्टवेयर इन्जिनियरिङ तथा सूचनाप्रविधिबारे सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको जानकारी दिए । सहायक प्राचार्य अशोकराज पराजुलीले बर्तमान समयमा सुचना र प्रविधिको जानकारी हरेकले राख्नुपर्नेमा जोड दिए । बिभिन्न सांस्कृतिक कार्यक्रमसहित भएको उद्घाटन सत्रको संचालन विद्यार्थी संरचना बराल र आयुश पुनले गरेका थिए । कार्यक्रममा एक्स्पोका अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण समेत गरिएको कलेजका ईञ्जिनियर दिनेश भण्डारीले जानकारी दिए ।
उनका अनुसार प्रदर्शनीमा ए आई,रोबोटिक्स, सफ्टवेयर प्रदर्शन, कोडिङ प्रतिस्पर्धा, हार्डवेयर शोकेसलगायतका छन् । २ दिनसम्म चल्ने एक्स्पोमा विद्यार्थीले तयार पारेका सुचना र प्रविधिसँग सम्वन्धि प्रोजेक्टका ११ वटा स्टल छन्।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


शिशिर उजाडपोखरा ११ औ संस्करणको जिसिईएस आई टि एक्स्पो पोखराको लामाचौरमा सुरु…






