लेखक कृष्ण क्षेत्री उदयका दुई पुस्तक जीवन सुदर्शन र जिन्दगीका अदृश्य किरण पोखरामा लोकार्पण गरिएको छ ।
धार्मिक, आध्यात्मिक र दार्शनिक तथा समाज, सम्बन्ध, उत्तरदायित्व, समालोचना र प्रेरणालाई केन्द्रमा राखेर लेखिएको पुस्तकको एक समारोहबीच पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति दुर्गा बहादुर शाह ‘बाबा’ले लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पणको विशेष विशेषता रहेको थियो । लेखक उदयका बुबा सुबेदार देवीलाल क्षेत्रीको ८४औं जन्मोत्सवको तिथिको अवसरमा माता शुभकुमारी क्षेत्रीको उपस्थितिमा पुस्तकको लोकार्पण गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि कुलपति बाबाले सन्तान जस्ता प्यारा दुई कृतिहरु प्रकाशन गरेकोमा वधाई दिदैं शरिर मरेर गएपनि कृतिहरु अजम्बरी भईरहने बताए । उनले लेखक कृष्ण कतै जाँदा, हिड्दा वा कुराकानी गर्दा पनि नयाँ नयाँ कुरा ल्याउने र सोचको विकास गर्ने मान्छे भएको बताए । मानवीय जीवन दर्शन, आत्मज्ञान र सकारात्मक जीवनशैलीका विविध आयामहरूलाई समेटेर तयार पारिएका ती पुस्तकहरूको बारेमा बोल्दै लेखक उदयले मानव जीवनमा स्पष्ट उद्देश्यको महत्वमाथि विशेष जोड दिए । उद्देश्यविहीन जीवन दिशाहीन हुन्छ, जब हामी आफ्नो जीवनको लक्ष्य पत्ता लगाउँछौँ, तब मात्र हाम्रो यात्रा सार्थक बन्छ, उनले भने।
केवल लक्ष्य राख्नुभन्दा पनि सानासाना कदमहरू चालेर नियमित रूपमा काम गर्नु नै असल जीवनको प्रमुख पक्ष भएको उहाँको तर्क थियो। मानिस कति वर्ष बाँच्यो भन्नेभन्दा पनि कसरी बाँच्यो भन्ने कुराले बढी महत्व राख्ने उल्लेख गर्दै उहाँले पुस्तकमा आफ्ना भोगाइ, अध्ययन र अनुभवबाट प्राप्त ज्ञानलाई इमानदारीपूर्वक समेटेको जानकारी दिए । समारोहमा बोल्दै लेखकले वर्तमान समयमा मानिसहरू अतीतको पश्चात्ताप र भविष्यको चिन्तामा रुमल्लिरहेको चर्चा गर्दै वर्तमान क्षणलाई पूर्ण रूपमा सदुपयोग गर्न सके मात्र जीवनको सौन्दर्य महसुस गर्न सकिने बताए । त्यसैगरी, आफ्नो अर्को कृति जिन्दगीका अदृश्य किरण लगायतका पुस्तकहरूमा सफलता र आत्मज्ञानको परिभाषालाई फरक ढंगले प्रस्तुत गरिएको उनले उल्लेख गरे । समारोहमा सहभागीले विमोचित कृतिहरूले नेपाली समाजमा जीवन दर्शन र आत्म सुधारको क्षेत्रमा नयाँ इँटा थप्ने अपेक्षा गरे ।
प्रकाशित पुस्तकको समालोचकद्वय कल्याण पन्त र असफल गौतमले समिक्षा गरेका थिए । संस्थाका सचिव राजकुमार क्षेत्रीले स्वागत गरेको कायर्नुभएको थियो । लेखकको परिचय विजय पौडेलले दिएका थिए । बागे पोखरा सामुदायिक मिलन चौतारीका अध्यक्ष नरहरी पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव राजकुमार क्षेत्री र संचालन लोकराज लामिछानेले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित…






