नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भई आएका नयाँ प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानलाई स्वागत तथा सम्मान गरेको छ।
विगत १४ वर्षदेखि कास्की जिल्लाका सुनचाँदी व्यवसायीहरूको हकहित र सुरक्षाका लागि क्रियाशील यस संघले नवागन्तुक डिएसपी पासवानलाई एक शनिबार पोखरामा विशेष समारोहका बीच स्वागत गरेको हो। प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक पासवानले सुनचाँदी व्यवसाय क्षेत्रमा रहेका विशिष्ट सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न कास्की प्रहरी तयारी अवस्थामा रहेको बताए । उनले ठूलो आर्थिक लगानी र बहुमूल्य सम्पत्तिको कारोबार हुने भएकाले यो क्षेत्र सधैँ आपराधिक समूहको नजरमा रहने र सुरक्षाका हिसाबले उच्च जोखिममा हुने कुरालाई प्रहरीले गम्भीरतापूर्वक लिएको उल्लेख गरे । पोखरा र आसपासका व्यावसायिक क्षेत्रहरूमा आपराधिक गतिविधि, चोरी तथा लुटपाटका घटनाहरूलाई रोक्न प्रहरीले विशेष निगरानी र गस्ती बढाउने उनले स्पष्ट पारे ।
व्यवसायीहरूलाई आफ्ना पसल तथा प्रतिष्ठानहरूमा आधुनिक सीसीटीभी क्यामेरा, अलार्म जस्ता सुरक्षा प्रविधिको अनिवार्य र चुस्त प्रयोग गर्न आग्रह गर्दै उनले प्रविधिले अपराध नियन्त्रण र अनुसन्धानमा ठूलो सघाउ पुर्याउने बताए । पासवानले ठूलो परिमाणमा नगद वा सुनचाँदी ओसारपसार गर्दा विशेष सावधानी अपनाउन र आवश्यक परेमा प्रहरीको सहयोग लिन समेत आग्रह गरे । उनले व्यवसायीहरूले ढुक्कसँग व्यापार गर्ने वातावरण निर्माण गर्नु नै प्रहरीको मुख्य दायित्व भएको बताए । संघका अध्यक्ष मन बहादुर सुनारले पोखरा आर्थिक र व्यावसायिक हिसाबले मात्र नभई सुरक्षाका दृष्टिकोणले पनि अत्यन्तै संवेदनशील क्षेत्र रहेको उल्लेख गरे । करोडौँको लगानी र सम्पत्ति जोडिने हुँदा सुनचाँदी र आभूषण व्यवसाय उच्च जोखिममा रहने क्षेत्र भएको बताउँदै उनले राज्यको सुरक्षा संयन्त्र बलियो, चनाखो र व्यवसायीमैत्री हुनुपर्नेमा जोड दिए ।
संघको तर्फबाट कास्की जिल्लाको शान्ति सुरक्षालाई सुदृढ बनाउन र आपराधिक गतिविधिहरूलाई निरुत्साहित गर्न प्रहरी प्रशासनले चाल्ने हरेक सकारात्मक कदममा आफूहरूको हरपल साथ रहने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भरत बिक, सल्लाहकार तथा प्रदेश अध्यक्ष राम बहादुर बिक, भिम बहादुर बिक, लगायतले डिएसपी पासवानको सफल कार्यकाल र पोखराको व्यावसाययिक क्षेत्रको सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुने अपेक्षा व्यक्त गरे । संघका महासचिव सुरेन्द्र बिकले कार्यक्रम सञ्चालन गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १३ — पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था…






