पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा विगत डेढ वर्षदेखि सञ्चालित टेक एज युथ परियोजनाको शनिवार समापन गरिएको छ ।
अध्ययन केन्द्रका साथै सिकाईका विविध पाटालाई समेटेको दीपशिखा सामुदायिक पुस्तकालयले रिड नेपाल अन्र्तगतको टेक एज युथ परियोजनासँंगको सम्झौता बमोजिम पिछडिएका, प्रविधिको पहँुच नपुगेका १३ देखि २२ वर्षसम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किशोर किशोरी र फरक क्षमता भएका समेत समेटिने गरी प्रत्यक्ष रुपमा ५५ जना युथहरुलाई तालिम दिएर समापन गरिएको थियो । पुस्तकालयको सभाहलमा आयोजित समापन तथा दोस्रो चरणको उपाधी वितरण कार्यक्रमका बिच पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी , पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्ग , पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य समेत रहेकी पुस्तकालय उपाध्यक्ष निर्मला पौडेल, सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्ष एवम् पुस्तकालय कोषाध्यक्ष माधव भण्डारी, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल,लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतराज ओझा लगायतले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम निकै नै प्रभावकारी बनेको धारणा राख्दै रिड नेपाल संस्था लगायतका सहयोगीहरुलाई धन्यवाद दिए ।
परियोजना पश्चात् आफुहरुमा आत्मविश्वाश बढेकामा जोड दिंदै ट्याग एम्बेस्डर स्नेहा शर्मा,विशाल ल्वागुन,आयुषा नेपाली,युवराज विक लगायतका प्रशिक्षर्थीहरुले भविष्यमा पनि यस्ता कार्यक्रमको अपेक्षा गरेका थिए । जनप्रकाश मा वि अभिभावक संघका अध्यक्ष नारायणप्रसाद काफ्ले,शिक्षक राधिका भुजेल,अभिभावक रामबहादुर खत्री,कार्यक्रम संयोजक एलिसा केसी, ट्याग कोअर्डिनेटर विनिता बास्तोलाले आआफ्ना अनुभव व्यक्त गर्दै परियोजना फलदायी बनेकामा जोड दिए । पुस्तकालय व्यबस्थापन समितिका पदाधिकारीहरु ,कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव पदमप्रसाद अधिकारीले गरेका थिए ।
स्थानीय तह र संघसंस्थाको सहयोग रहेमा यस्ता परियोजना,तालिम तथा कार्यक्रमहरु भ्विष्यमा पनि सञ्चालन गरिने दीपशिखा पुस्तकालयका अध्यक्ष भण्डारीले वताए । दीपशिखा पुस्तकालयमा यस अघि टेक एज गल्र्स परियोजना सफलताकासाथ सम्पन्न भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १३ — पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था…






