पोखरा, असार १३ — पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सातौँ वार्षिकोत्सवको अवसरमा बेगनास तालस्थित बराह मन्दिर परिसरमा प्रवेशद्वार (गेट) हस्तान्तरण गरेको छ। सोही अवसरमा वृक्षारोपण कार्यक्रमसमेत गरिएको थियो।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष सुरेन्द्र सापकोटा भाटले ६८ जना सदस्यले प्रतिव्यक्ति एक हजार रुपैयाँ संकलन गरेर स्थापना गरेको सहकारी अहिले करिब सात करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको बताउनुभयो। उहाँले संस्थालाई आगामी दिनमा अझ प्रभावकारी र सदस्यकेन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले बराह क्षेत्र पर्यटनको दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको भन्दै यसको संरक्षण र विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले उद्योग वाणिज्य संघले क्षेत्रको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका–३१ का वडा अध्यक्ष ढकानाथ कँडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत सहकारीले समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गरेको भन्दै संस्थाको प्रशंसा गर्नुभयो।
संस्थाका अध्यक्ष विष्णु लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदीपराज कँडेलले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, सहकारीका सदस्य तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १३ — पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था…






