पोखराको विरौंटामा धार्मिक पुजा घर संचालनमा आएको छ।
स्याङ्जा घर भई हाल पोखरामा व्यवसाय सञ्चालन गर्दै आएका युवा सुदर्शन पौडेल र सञ्जु बराल पौडेलले करिब २५ लाख रुपैयाँको लागतमा राम मन्दिर नजिकै सो व्यवसायिक घर संचालनमा ल्याएका हुन्। पोखरा ट्रेड मलमा समेत व्यवसाय सञ्चालन गरेका पौडेलले केही समय विदेशमा रोजगारी गरेर पोखरा फर्किए लगत्तै फरक किसिमको व्यवसाय सञ्चालनमा ल्याएको जानकारी दिए। उनले युवा पुस्ताले पनि धर्म र संस्कृतिसँग सम्बन्धित भएर धार्मिक जागरणसँगसँगै व्यवसाय गर्न सकिन्छ भन्ने सन्देश दिन पनि आफुले यो व्यवसायमा हात हालेको बताए।आफ्ना लागि फरक किसिमको व्यवसाय भए पनि आफ्ना पिता पुर्खाले संचालन गरेको व्यवसायलाई फरक र आधुनिक रुपमा संचालन गरेको उनको भनाई छ ।
पुजा घरमा बिभिन्न धर्मका ग्रन्थसहित पुजाआजाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री उपलब्ध हुने संचालक सञ्जु बराल पौडेलले जानकारी दिईन्। धार्मिक कार्यका साथै बिबाह, ब्रतबन्ध र पुजापाठका लागि चाहिने भाडा वर्तनदेखि शंख, घण्ट, मुर्तिको बिक्रिसहित पण्डित,बटुकको सेवा पनि प्रदान गरिएको उनले बताईन्। शुभारम्भको अवसरमा आगामी शनिबारसम्म धार्मिक ग्रन्थ, मुर्ति र भाडा वर्तनमा विशेष छुटको व्यवस्था गरिएको र पोखराभित्र होम डेलिभरीको पनि व्यवस्था गरिएको बरालले जानकारी दिईन् ।जन्मदेखि मृत्युसम्म गरिने कार्यका सबै सामाग्री उपलब्ध रहेको उनले बताईन् । पुजा घरमा स्याङ्जा, कास्की, मनाङ, मुस्ताङ, ओखलढुङ्गा, जुम्लालगायतका जिल्लामा उत्पादन हुने स्थानीय उत्पादन पनि राखिने संचालक पौडेलले बताए ।हाल जुम्लाको रातो मार्सी, कालो बोडी, मुस्ताङ र ओखलढुङ्गाको आलु, सिस्नोको धुलोलगायतको माग बढिरहेको उनले जानकारी दिए ।

स्थानीय कृषकले उत्पादन गरेका बस्तुहरुको बिक्रिमार्फत प्रर्वद्धन गरिने र उपभोक्तालाई सिधै कृषकको बारीबाट भान्छामा पुर्याईने लक्ष्य रहेको पौडेलको भनाई छ । सुन्तला र ड्रागन फ्रुटको व्यवसायिक उत्पादनका लागि उनले स्याङ्जामा करिब ५ हजार बोट सुन्तला रोपेका छन् । यही सिजनमा ३ हजार बोटले उत्पादन दिने र ती उत्पादन पोखरामै बिक्रि गरिने पौडेलले योजना सुनाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको विरौंटामा धार्मिक पुजा घर संचालनमा आएको छ। स्याङ्जा घर भई हाल…






