स्टेप वाई स्टेपमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत


     एभरेस्ट आवाज    
     असार १५ गते २०८३ मा प्रकाशित




पोखराको मासबारमा रहेको स्टेप वाइ स्टेप मा.विले विज्ञान तथा व्यवस्थापन विषयका कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ ।

कार्यक्रममा २०८२ सालको एसईई परीक्षामा ४.० जीपीए प्राप्त गरी विद्यालयलाई गौरवान्वित बनाउन सफल प्रतिभाशाली विद्यार्थी विल्सन न्यौपानेलाई नगद रु. ५०,००० सहित सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्यले अभिभावक, विद्यालय र विद्यार्थीबीचको त्रिपक्षीय तथा सकारात्मक सम्बन्धले मात्र विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सकिने धारणा व्यक्त गरे । पोखरा महानगरपालिका शिक्षा महाशाखाका विद्यालय निरीक्षक रामप्रसाद तिवारीले शिक्षा अथाह सागरजस्तै भएकाले विद्यार्थीले जति लगनशीलता र मेहनतका साथ अध्ययन गर्छन्, त्यति नै ज्ञान आर्जन गर्न सक्ने बताए ।

विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले विद्यालयबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थीहरू आज देश तथा विदेशका विभिन्न उच्च पदमा रही राष्ट्र र समाजको सेवामा समर्पित रहेको उल्लेख गरिन् । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालयले विद्यार्थीको शैक्षिक, नैतिक तथा सर्वाङ्गीण विकासका लागि कुनै पनि प्रकारको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । र्नुभयो । कार्यक्रममा सहप्राचार्य दीपक गिरीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा कलाकार क्षितिज विक्रम हमालका साथै, कक्षा १२ का विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुती दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक निर्देशक रमाकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहप्राचार्य दीपक गिरी र संचालन विद्यालय संयोजक सूर्यप्रसाद लम्सालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।