सन्देश श्रेष्ठ
पोखरा, असार १६
प्रतिभा बिजनेस स्कूलले ब्याचलर अफ ईन्फर्मेसन टेक्नोलोजी (बिआईटी) अध्यापन शुरु गर्ने भएको छ । पोखराको शैक्षिक सानका रुपमा स्थापित प्रतिभा माविले भगिनी संस्था प्रतिभा बिजनेस स्कूलमार्फत ८ सेमेष्टर रहेको चार वर्षे बिआईटी कोर्ष अध्यापन गराउन लागेको हो । युग सुहाउँदो सूचना, प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले शुरु गर्न लागिएको सो कोर्षका लागि कक्षा १२ मा साईन्स, म्याथ अध्ययन गरेका विद्यार्थीले अध्ययन गर्न पाउने स्कूलले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कोर्ष गण्डकी प्रदेशमै पहिलोपटक सञ्चालन हुन लागेको स्कूलको दाबी छ । आगामी अक्टोबरबाट सञ्चालन हुने कोर्षका लागि जुन १९ तारिखदेखि जुलाई ९ सम्म अनलाइन प्रवेश परीक्षा फाराम खुला हुने प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए । जसका लागि पहिलो शैक्षिक सत्रमा ३० जना विद्यार्थी मात्र भर्ना गरेर अध्यापन गराईने उनले बताए ।
सो कोर्ष अध्ययनका लागि विद्यार्थीले साईन्स अन्तर्गत फिजिक्स, केमिष्ट्री, म्याथमेटिक्स र कम्प्युटर साईन्स विषय लिएर कक्षा १२ उत्तीर्ण भएको हुनुपर्ने जनाइएको छ भने सिटिईभिटीको ३ वर्षे कोर्षमा म्याथमेटिक्स, फिजिक्स, केमिष्ट्री र कम्प्युटर साईन्स अध्ययन गरेका विद्यार्थी पनि भर्ना हुन पाउने सापकोटाले जानकारी दिए । बिआईटी अध्ययनका लागि कुल ९ लाख ६० हजार खर्च लाग्ने उनले बताए । ‘यो कुल खर्च र त्यसमा मासिक शुल्क पनि समावेश छ’–उनले भने । कुल शुल्कको २५ प्रतिशत भने विद्यार्थी भर्नाकै बेला बुझाउनुपर्ने उनले जानकारी दिए ।
बिआईटी काठमाडौं विश्वविद्यालयको शैक्षिक मापदण्डअनुसार नै सञ्चालन हुने जनाइएको छ । जसको शैक्षिक सुपरीवेक्षण विश्वविद्यालयकै स्कुल अफ इन्जिनियरिङले गर्ने सापकोटाले स्पष्ट पारे ।
बीआईटी कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ, वेब टेक्नोलोजी, मोबाइल एप विकास, नेटवर्क सुरक्षा, डाटाबेस व्यवस्थापन, परियोजना व्यवस्थापनलगायत वर्तमान विश्व बजारमा अत्यधिक माग भएका विषय समावेश रहेको प्रतिभा बिजनेस स्कूलका प्राचार्य रविप्रसाद बरालले जानकारी दिए । सूचना प्रविधिको तीव्र विकाससँगै विश्वव्यापी रूपमा बढ्दो रोजगारीको अवसरलाई ध्यानमा राखेर पाठ्यक्रम तयार पारिएको उनले बताए । स्कूलका प्राचार्य बरालले भने,‘हाम्रो उद्देश्य केवल डिग्री प्रदान गर्ने संस्था बनाउनुमात्रै होईन, भविष्यका प्रविधि नेतृत्वकर्ता, अनुसन्धानकर्ता, उद्यमी र जिम्मेवार नागरिक उत्पादन गर्नु हो ।’
विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले प्रतिभा बिजनेस स्कूलले बिआईटी अध्यापन शुरुगरेसँगै बिआईटी अध्ययनका लागि काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता हट्ने दाबी गरे । उच्च शिक्षामा सूचना प्रविधि विषय थपेर आधुनिक प्राविधिक शिक्षाको केन्द्रका रूपमा विद्यालयलाई विकास गर्न लागेका छौं,उनले भने,‘गण्डकी प्रदेशका विद्यार्थीलाई काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता हट्दै जानेछ भन्ने विश्वास लागेको छ ।’ उनले यो कोर्ष अध्ययन गर्ने विद्यार्थी आत्मनिर्भर बन्नुका साथै उद्यमशिलतातर्फ पनि अग्रसर हुने बताए । अनुसन्धान, नवप्रवर्तन र उद्योगसँगको सहकार्यलाई प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो लक्ष्य हो,उनले थपे,‘यो कोर्ष अध्ययन गर्ने विद्यार्थीले पढ्दै कमाउँदै पनि गर्न सक्ने हुनेछन् ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १६ पोखरामा राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ…






