जिल्ला समन्वय समिति कास्कीले गण्डकी प्रदेश सरकारका विभिन्न आयोजनाको अनुगमन गरेको छ।
प्रदेश सरकार मार्फत कास्कीमा संचालित योजनाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा रहेको टोलीले बुधबार अनुगमन गरेको हो । अनुगमन गरिएका आयोजनाहरूमा प्रदेश सरकारको पाँच करोडको लागत इस्टिमेटमा निर्माणाधीन पोखरा ३३ स्थित तल्लो खैरेनी, घोक्रेनी ,शिबबस्ती हुँदै गाईगौंडा सम्मको बहुबर्षिय सडक आयोजना र पोखरा ३१ मा २५ करोडको लागतमा निर्माणाधिन स्याङ्खुदी भञ्ज्याङ्सम्मको सात ताल जोड्ने लिन्क रोड सडक अनुगमन गरिएको जनाईएको छ ।
अनुगमन पछि समन्वय प्रमुख पौडेलले गुणस्तर र निर्धारित मापदण्डको पूर्ण पालना गर्न सुझाव दिदैं, दिगो विकास योजनालाई प्राथमिकता दिन आग्रह गरे । उनले विकासमा हुने अनियमितताका सवालमा शुन्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख गर्दै सो सम्बन्धमा स्थानिय उपभोक्ता र सरोकारवाला समेत सचेत हुनुपर्नेमा जोड दिए । प्रमुख पौडेलले निर्धारित समय अवधि र गुणस्तरमा कमजोरी देखिएको भन्दै तत्काल सुधार गर्न निर्माण व्यवसायीहरूलाइ आग्रह समेत गरेका थिए ।
अनुगमानमा समितिका सदस्य सीतादेवी बिक ,हर्क गुरुङ , राजु अधिकारी ,जिल्ला समन्वय अधिकारी नवराज बराल ,शाखा अधिकृत लक्षु शर्मा, गण्डकी प्रदेश पुर्वाधार विकास कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्य ,प्राविधिक इन्जिनियर एंव स्थानिय जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १७पोखरा१६ निवासी स्वर्गीय सोना रानाको १०औँ स्मृति दिवसका अवसरमा पोखरा…






