विन्ध्येश्वरी आदर्शमा नेपाली भाषा कौशल कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     असार १९ गते २०८३ मा प्रकाशित




पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुल नेपाली भाषा कौशल कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीहरूको भाषिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कक्षा आठदेखि दशसम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । प्रतियोगितात्मक रुपमा भएको कार्यक्रममा निलो सदनबाट कक्षा १० का छात्रा एस्थर तामाङ, कक्षा ९ का छात्रा उपासना रेग्मी र कक्षा ८ का छात्रा सविता सोमै प्रथम तथा रातो सदनबाट कक्षा १० का छात्र दिवस घिमिरे, कक्षा ९ का छात्र विनायक गिरी र कक्षा ८ का आदित्य लम्साल द्वितीय भएको अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले जानकारी दिए ।

उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले नेपाली भाषाप्रति विद्यार्थीको आर्कषण बढाउन कार्यक्रम फलदायी भएको बताए । कार्यक्रममा सहप्राचार्य नीलकण्ठ पौडेल, शिक्षक विपिन गौतमले सहजिकरण गरेका थिए । उक्त कार्यक्रममा प्रतिस्पर्धी विद्यार्थीको मुल्यांङ्कनसहित संचालन शिक्षिका माया क्षेत्रीले गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।