पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालमा अलपत्र परेकी एक युवतीको सकुशल उद्धार गरिएको छ ।
उनी फेवातालमा कायकिङ गर्ने क्रममा अचानक हावाहुरी आएपछि तालको बीचमा अलपत्र परेकी थिईन् । काठमाडौँको नारायणटार घर भई पोखरा घुम्न आएकी २३ वर्षीया रितिका फुयाँललाई सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिकाबाट खट्टिएको टोलीले सकुशल उद्धार गरेको हो । फेवातालस्थित फेवा वाच एन्ड रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा टोली उद्धारका लागि खटिएको थियो ।
विशेष विपद् उद्धार टोलीले तुरुन्तै खोजतलास गरी उनलाई तालको बीचबाट सकुशल उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको कालिका गणले जनाएको छ । उनको अवस्था हाल सामान्य रहेको जनाईएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


विश्वकर्मा सेवा समाज कास्कीको तेस्रो साधारण सभासहित नवनिर्मित भवनको उद्घाटन गरिएको छ…






