पोखरा ३० खुदीस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले अभिभावक–शिक्षक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ।
कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उपलब्धि, व्यवहारगत विकास, रुचि, क्षमता तथा निरन्तर मूल्याङ्कन प्रणालीका विषयमा जानकारी आदानप्रदान गर्दै विद्यालय र अभिभावकबबिच सहकार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमप्रसाद शर्माले बालबालिकाको समग्र विकासका लागि विद्यालय र अभिभावकबिच नियमित संवाद, विश्वास र सहकार्य अपरिहार्य रहेको बताए । उनले बालबालिकालाई केवल परीक्षामुखी नभई जीवनोपयोगी सिप, नैतिक आचरण, अनुशासन, सिर्जनशीलता तथा सकारात्मक व्यवहारतर्फ उन्मुख गराउनु आजको शिक्षाको प्रमुख आवश्यकता भएको उल्लेख गरे ।
अभिभावक पुनम अधिकारी, शान्ति गुरुङ राई, प्रदीप सापकोटा, प्रेम पुन, ज्योति शर्मा, सरिता मिश्र तथा जानकी पौडेल लगायतले विद्यालयले सञ्चालन गरेका शैक्षिक, अनुशासनात्मक तथा अतिरिक्त क्रियाकलापको प्रशंसा गर्दै बालबालिकाको सिकाइ अझ प्रभावकारी बनाउन विभिन्न रचनात्मक सुझाव प्रस्तुत गरे । शिक्षक होमनाथ भट्टराई, शान्ति सुवेदी तथा प्रभा तिमिल्सिनाले कक्षा १, २ र ३ मा अध्ययनरत बालबालिकाको उमेरअनुसार देखिने मनोवैज्ञानिक अवस्था, व्यवहारगत परिवर्तन, सिकाइ शैली, रुचि तथा चुनौतीबारे जानकारी गराउँदै अभिभावकले घरमा अपनाउनुपर्ने सकारात्मक व्यवहार र सहयोगका उपायहरू प्रस्तुत गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुक्तिनाथ रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक सोमनाथ कँडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


विश्वकर्मा सेवा समाज कास्कीको तेस्रो साधारण सभासहित नवनिर्मित भवनको उद्घाटन गरिएको छ…






