माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण


     एभरेस्ट आवाज    
     असार २१ गते २०८३ मा प्रकाशित




लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीले क्लवका पदाधिकारीलाई रिपोर्टिङ तालिम प्रदान गरेको छ ।

कार्यक्रममा डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी विकाश भुर्तेलले सहभागि पदाधिकारीलाई रिपोर्टिङसम्बन्धी तालिम दिएका थिए। उनले डिस्ट्रिक्ट गभर्नरबाट प्राप्त निर्देशनहरूलाई ध्यानमा राख्दै काम गर्न, गरिएका सामाजिक कार्यहरूको व्यवस्थित अभिलेख राख्न र समयमै रिपोर्टिङ गर्न आग्रह गरेका थिए। सोही अवसरमा पद हस्तान्तरण पनि गरिएको थियो। वर्ष २०२५÷२६ का अध्यक्ष विष्णुप्रसाद अधिकारीले वर्ष २०२६÷२७ का अध्यक्ष पदम श्रेष्ठलाई माइन्युट हस्तान्तरण गर्दै जिम्मेवारी सुम्पेका थिए। कार्यक्रममा नवनियुक्त अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालको एक वर्षमा सञ्चालन गर्ने कार्ययोजनाहरू पनि सार्वजनिक गरेका थिए। क्लबका संस्थापक अध्यक्ष तथा एक्टेन्सन मेम्बरचिप एवम् चियरपर्सन पिएमजेफ डोलराज पोखरेलले लायन्स क्लबको स्थापना र लायन्सले विश्वभर गर्दै आएका सामाजिक कार्यहरूको महत्त्वबारे जानकारी गराएका थिए।

कार्यक्रममा डिष्ट्रिक्ट रिजन चेयरपर्सन नरेश सुवेदी, जिएसटी डिष्ट्रिक्ट को–अर्डिनेटर भुविन्द्र गिरी, द्वितीय उपाध्यक्ष कल्याण तिमिल्सिना, सचिव शिवप्रसाद रिमाल, कोषाध्यक्ष कुलप्रसाद अधिकारी र पत्रकार शिरोमणि बरालले मन्तव्य राखेका थिए। वर्ष २०२५÷२६ का अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको समापन वर्ष २०२६÷२७ का अध्यक्ष पदम श्रेष्ठले गरेका थिए ।सिनियर एओजी शक्ति बरालले स्वागत गरेको कार्यक्रमको संचालन सचिव शिवप्रसाद रिमालले गरेका थिए । यस्तै लायन्स क्लब अफ पोखरा माउण्टेनसिटी र लायन्स क्लब अफ पन्चासे चौतारीको संयुक्त आयोजनामा पोखरा महानगरपालिका–२९, लेखनाथस्थित नर्मदेश्वर आश्रम परिसरमा वृक्षारोपण तथा गोडमेल गरिएको छ ।

कार्यक्रममा एभोकाडो, लिची, आँप र ज्याकारण्डाका फलफूलका बिरुवाहरू रोपिएका छन्। वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले यस वर्ष नयाँ बिरुवाहरू रोप्नुका साथै अघिल्ला वर्षहरूमा रोपिएका बिरुवाहरूको गोडमेलसमेत गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।