संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेकोे बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयद्वारा आज मुस्ताङमा आयोजित यहाँको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनसम्बन्धी छलफलमा उनले कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना सुनाए । आर्थिक समद्धिको मूल आधार पर्यटन क्षेत्र भएकाले कोरलाराजमार्गलाई पर्यटन राजमार्गका रूपमा स्थापित गरिने भन्दै उनले मुस्ताङ–डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।
मन्त्री पौडेलले मुक्तिनाथ क्षेत्रमा लेक लागेर पर्यटक बिरामी हुने समस्या जटिल बन्दै गइरहेकाले त्यसको समाधानका लागि पर्यटक ‘टाइम कार्ड’ लागू गर्न सरोकार भएका निकायलाई सुझाव दिए । यहाँका पर्यटनसम्बन्धी विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र व्यवसायीले पर्यटन क्षेत्रका सम्भावना र चुनौतीबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार २१ – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा…






