पोखरा कलेज अफ म्यानेजमेन्टको आयोजनामा पिसिएम एनुअल फेस्ट–२०२६ सम्पन्न भएको छ ।
समापनका दिन नदीपुरस्थित कलेज प्राङ्गणमा अभय एण्ड द स्टीम इन्जिन ब्याण्डको सांगीतिक प्रस्तुतिमा झण्डै ३ हजार दर्शकले मनोरन्जन लिए । त्यसअघि कलेजका विद्यार्थीहरूले विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । त्यसैगरी विद्यार्थीहरूले विभिन्न खानाका स्टलहरू समेत राखेका थिए । एक सातासम्म चलेको फेस्ट अन्तर्गत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू पनि आयोजना भए । जस अन्तर्गत ‘समाजका लागि एआई लाभदायी हो कि होइन ?’ भन्ने बादबिवाद प्रतियोगितामा बिसिएस आइटी चौंथो सेमेष्टरका झरना बुढा मगर प्रथम, बिबिए चौंथो सेमेष्टर मर्निङका कृतिका पुरी द्वितीय, तथा बिबिए चौंथो दिवाका स्वीकृति शर्मा तृतीय भइन् ।
त्यसैगरी वित्तीय साक्षात्कार कार्यक्रम अन्तर्गत ‘स्टक पिचिङ’ प्रतियोगितामा विद्यार्थीहरूले लगानीका लागि आ–आफ्नो अनुभव सुनाए । प्रतियोगितामा बिबिए फाइनान्स दोश्रो वर्षका अनुजा मगर र कपिल सुवेदीले प्रथम स्थान हाँसिल गरे । बिबिए आठौं सेमेष्टरका जेम्स शाक्यले द्वितीय तथा बिबिए चौंथो सेमेष्टरका मन्जिला श्रेष्ठ, स्वीकृति शर्मा, सुमन राई र सविन गौतमले तृतीय स्थान हासिल गरे । चित्रकला प्रतियोगितामा बिसिएस आइटी चौंथो सेमेष्टरका अवान केसी प्रथम, बिसिएस आइटी छैठौ सेमेष्टरका सबिन सुनार द्वितीय तथा बिसिएस आइटी छैठौं सेमेष्टरकै रिस्ता हमाल र बिबिए चौथो सेमेष्टर दिवाका सरगम सुनार तृतीय भए । अग्रज कलाकार रमेश श्रेष्ठ चित्रकला प्रतियोगिताका निर्णायकमा रहेका थिए ।
समारोहमा पोखरा विश्वविद्यालयको डिन लिस्टमा पर्न सफल ८६ जना विद्यार्थीमध्ये चार जीपीए प्राप्त गर्दै उत्कृष्ट हुन सफल १२ जना विद्यार्थीहरुलाई पनि सम्मान गरियो । कलेज सञ्चालक समितिका अध्यक्ष विनोद कायस्थ र सदस्य प्रान्जल कायस्थले विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरे । कलेज प्राचार्य लिना नेगी श्रेष्ठको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार २२ पोखरा–दुबई उडान दीगो बनाउन फ्लाई दुबईले सरकार र…






